LearnGhar

लोकसेवा तयारी ३ महिनामा कसरी गर्ने? (90 Days Loksewa Preparation Complete Strategy

 लोकसेवा तयारी 3 महीनामा कसरी गर्ने ?

प्रस्तावना (Introduction)

“सर, लोकसेवा ३ महिनामा तयारी सम्भव छ?”

यो प्रश्न हरेक वर्ष हजारौँ विद्यार्थीले आफैलाई सोध्छन्। कतिपयले भन्छन् ३ महिना थोरै हो, असम्भव छ। तर सत्य के हो भने सही रणनीति, आत्मअनुशासन र निरन्तर अभ्यास भएमा ३ महिनामा पनि लोकसेवा तयारी पूर्णरूपमा सम्भव छ।

लोकसेवा केवल किताब पढेर पास हुने परीक्षा होइन। यो तपाईंको ज्ञान, समय व्यवस्थापन,आत्मनियन्त्रण र आत्मविश्वास को परीक्षा हो। त्यसैले यो लेख तपाईँलाई एकदमै व्यावहारिक, सरल तर प्रभावकारी ९० दिनको तयारी योजना दिनेछ – जसमा प्रत्येक दिन, हप्तामा र महिनामा के गर्ने भन्ने विस्तारले बताइएको छ।

पहिलो चरण: आधार तयार पार्ने ३ दिन (Foundation Days 1–3)

लोकसेवा तयारी सुरु गर्नु अघि तपाईंले ३ दिन केवल योजना बनाउन खर्च गर्नुपर्छ। किनभने योजना बिना सुरु गरिने तयारी प्रायः अधुरो र असफल हुन्छ।

१) पाठ्यक्रम बुझ्ने (Syllabus Analysis)

आफ्नो पदको आधिकारिक Syllabus  प्रिन्ट गर्नुहोस् र त्यसलाई रङ प्रयोग गरेर वर्गीकरण गर्नुहोस्

*रातो (Hard): कठिन लाग्ने विषय (संविधान, IQ, G.K)

* पहेंलो (Medium): सामान्य अभ्यासले हुने विषय

* हरियो (Easy): सजिलो वा रट्न सकिने विषय

👉 यसले तपाईँलाई कुन विषयमा बढी समय दिनुपर्छ भन्ने स्पष्ट संकेत दिन्छ।

२) सामग्री संकलन (Collecting Resources)

हामीले जति धेरै नँया पुस्तकहरु किन्यो त्यति धेरै confused हुने हुदा कुनै एउटा पुस्तक लियर त्यसलाई base बनायर सबै सामाग्रीहरु राम्रो संग पढ्नुहोस् साथै निम्न कुराहरुलाई पनि राम्रो संग बुझ्नुहोस्

* Constitution, GK सारांश, सामान्य ज्ञान दर्पण जस्ता पुस्तकहरू

* पछिल्ला ५ वर्षका प्रश्नपत्र

* आर्थिक सर्वेक्षण,ऐन कानुन ,सन्धि ,सम्झौता र योजना

* ३ वटा नोटबुक (GK, Subjective, Current Affairs)

👉 याद राख्नुहोस्: *थोरै तर उत्कृष्ट सामग्री = सफल तयारी। धेरै किताब = धेरै भ्रम।

३) यथार्थवादी तालिका (Practical Timetable)

हामि ले सबै ले समय तालिका बनाएको अबस्य हुन्छौ तर सबै जना ले त्यसलाई ब्यबहारिक बनाएको हुदैन जसले ब्यबहारिक बनेको हुन्छ त्यो अबस्य सफल हुन्छ ।दिन रात भरि पढेर मात्र मान्छे सफल हुदैन अब कस्तो तालिका बनाउने हेरौ

* आफ्नो समय र फुर्सद  अनुसार ६–८ घण्टा  Focus Study Time निकाल्नुहोस्।

* Pomodoro Technique: २५ मिनेट पढाइ, ५ मिनेट आराम → यसले मानसिक ऊर्जा कायम राख्छ।

महिना १: सम्पूर्ण पाठ्यक्रम कवरेज (Month 1: Syllabus Coverage)

दैनिक योजना (Daily Target)

* २–३ नयाँ टपिक पढ्ने

* पढ्दा नोट बनाउने, केवल अघिल्लो नोट नक्कल नगर्ने

साप्ताहिक योजना (Weekly Focus)

* सप्ताह १:  संविधान, इतिहास, संस्कृति, ब्रह्माण्ड

* सप्ताह २:  भूगोल, अर्थतन्त्र, विज्ञान,चालू आर्थिक योजना

* सप्ताह ३:  विषयगत (Computer, Administration, Account, Health आदि) आफ्नो पदको कुन कुन लेख्ने हुन्छ त्यसैलाई focused गर्ने

* सप्ताह ४:  विषयगत बाँकी आधा + सजिला GK

*Tip: पहिलो पढाइमा “Concept Clear” मा ध्यान दिनुहोस्। याद गर्ने भन्दा बुझ्ने अभ्यास गर्नुहोस्।

महिना २: Revision र अभ्यास (Month 2: Revision & Practice)

👉 Goal:** पढेको कुरा दिमागमा बसाल्ने + प्रश्नपत्र अभ्यास गर्ने।

 दैनिक योजना

* १–२ विषयको Revision

* १०० MCQ अभ्यास

साप्ताहिक योजना

* सप्ताह ५ & ६:  GK Revision, पुराना प्रश्नपत्र

* सप्ताह ७ & ८:      विषयगत Revision, Subjective Model Questions

📌 *Useful Tools:*

* **Flashcards:** तथ्यांक, Article नम्बर, मितिहरू

* **Mind Maps:** संविधान वा इतिहास जस्ता जटिल विषय

* **Error Notebook:** गलत हुने प्रश्नहरू नोट गर्ने

👉 दोस्रो महिनामा तपाईंको कमजोर र बलिया पक्षहरू प्रष्ट देखिन थाल्छ।

महिना ३: Mock Test र अन्तिम तयारी (Month 3: Mock Tests & Final Prep)

* Goal:  परीक्षाको वातावरणमा अभ्यास, Speed + Accuracy बढाउने।

दैनिक योजना

* १ पूरा Mock Test (२–३ घण्टा)

* Test Analysis (२ घण्टा)

साप्ताहिक योजना

सप्ताह ९: हप्तामा ५ Mock Tests

सप्ताह १०: हप्तामा ४ Mock Tests + कमजोर विषय Revision

सप्ताह ११ & १२: २–३ Mock Tests + हल्का Revision

Mock

      • वास्तविक परीक्षा जस्तै वातावरण (Mobile बन्द, Timer सेट)
      • केवल Test होइन, Analysis अनिवार्य → कुन विषयमा धेरै गल्ती भयो? कुन प्रश्नमा समय बढी लाग्यो

✅ अनिवार्य दैनिक कार्य (Daily Must-Do Tasks)

१) **Current Affairs (३० मिनेट)*Gorkhapatra, GK Nepal, लोकसेवा News Channel

२) **अंग्रेजी (३० मिनेट):** Vocabulary (५–१० शब्द), Grammar Exercise

३) **स्वास्थ्य (३० मिनेट):** Exercise, Meditation, ७ घण्टा निन्द्रा

👉 लोकसेवा तयारी केवल किताब पढाइ होइन, शरीर र मनलाई सन्तुलनमा राख्नु पनि हो।

💡 Bonus Tips (Motivational & Practical)

* *Consistency beats intelligence* → निरन्तरता नै सफलता हो।

* *Less Resources, More Practice* → कम किताब, बढी अभ्यास।

* *Trust the Process* → हरेक दिन सानो प्रगति नै ठूलो उपलब्धि हो

 निष्कर्ष (Conclusion)

लोकसेवा तयारी ३ महिनामा गर्न सम्भव छ तर त्यो **Easy Ride होइन।

यो  Marathon हो, Sprint होइन।

* दैनिक लक्ष्य पूरा गर्नुहोस्

* हप्तामा योजना फलो गर्नुहोस्

* महिनामा Revision + Mock Test अनिवार्य गर्नुहोस्

👉 तपाईंको ९० दिनको मेहेनत, अनुशासन र आत्मविश्वासले नै तपाईंलाई मनपर्ने पदमा पुर्याउनेछ।

**शुभकामना! तपाईं सफल हुनुहुनेछ।

   LearnGhar Team**