१.अतिकम विकसित मुलुकहरूको पाँचौं सम्मेलन कहाँ सम्पन्न भएको छ?
- कतारको दोहामा
२.निजामती सेवा दिवस कुन दिन मनाइन्छ?
- भदौ २२
३.राष्ट्रिय विज्ञान दिवस कहिले देखि मनाउन सुरु गरिएको हो?
- वि. स. २०७०देखि
४. एमसिसी परियोजना कार्यान्वयनमा नेपालबाट हस्ताक्षर गर्ने को हुन्?
- मा.अर्थमन्त्री प्रकाश शरणमहत
५ . सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायधीशको सिफारिस गर्ने निर्णय कहिले भयो?
- २०८०साउन १८गते
६ . विस्वको सबैभन्दा ठुलो बलौटे मरूभूमि कुन हो?
- अरेबियन
७.सार्कको सबैभन्दा ठूलो मरुभूमि कुन हो?
- थार
८. मरूभूमि नभएको महादेश कुन हो?
- युरोप
९.भारतको थार मरुभूमि बाट गृष्ममा बहने तातो वायुलाई लु भनिन्छ भने यसलाई पश्चिम नेपालमा के भनिन्छ?
- राँके
१०. एउटै सतहमा रहेको स्थान वा वस्तुको बीचको फरकलाई कस्तो दूरी भनिन्छ?
- क्षितीज दूरी
११. दुई नदी मिल्ने स्थानलाई के भनिन्छ
- दोभान
१२. विश्वको सबैभन्दा गहिरो ताल कुन हो
- बैकाल ताल
१३. गुलाबी सहर भनेर कसलाई चिनिन्छ
- जयपुर (भारत)
१४. चट्याङको देश भनेर कसलाई चिनिन्छ
- भुटान
१५. सबैभन्दा धेरै बाँच्ने प्राणी कुन हो
- कछुवा ‘(३०० )वर्षसम्म
१६. काठमाडौँ महानगरपालिका कहिले घोषणा भयो?
- विसं २०५२ मङ्सिर २९ गते
१७. बा आमाको सेवा ,स्वास्थ्य उपचारमा टेवा कार्यक्रम सञ्चालित गर्ने स्थानीय तह कुन हो ?
- महालक्ष्मी नगरपालिका, ललितपुर
१८. नेपालको कान्छो जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ
- रुकुम पूर्व
१९. नेपाल र चीन जोड्ने पुललाई के भनिन्छ
- मितेरी पुल
२०. सुलीगढ झरना कुन जिल्लामा पर्छ?
- डोल्पा
२१. जेठी बहुरानी हिमाल कहाँ पर्छ?
- बझाङ र दार्चुला सिमाना
२२. तिब्बती भाषामा सगरमाथालाई के भनिन्छ?
- चोमोलुङमा
२३. नेपालको जलसम्पदाबाट कति भूमिमा सिँचाइ गर्न सकिन्छ ?
- ८० लाख हेक्टर
२४. शालिग्राम पाइने एकमात्र नदी कुन हो?
- कालीगण्डकी
२५. सप्तगण्डकी नदी भारतमा पुगेपछि कुन नदीसँग मिल्दछ ?
- गङ्गा नदी
२६. सप्तकोशी नदी कहाँ पुगेपछि तराई प्रवेश गर्दछ ?
- सुनसरीको चतारा
२७. तीव्र गतिले बग्ने विश्वको दोस्रो ठूलो नदी कुन हो ?
- सप्तकोशी
२८. हिस्ट्री शब्दको उत्पत्ति कुन भाषाको कुन शब्दबाट भएको हो?
- युनानी भाषाको हिटोरिया
२९. आगोको विकास कुन सभ्यतामा भएको थियो ?
- मिश्रको सभ्यता
३०. मिश्रको लिपिमा कुन वर्णचिह्न हुँदैनथ्यो?
- स्वरचिन्ह
३१. बङ्गलादेश कहिले पाकिस्तानबाट टुक्रिएको थियो?
- सन् १९७१ मा
३२. प्रथम विश्वयुद्धमा कुन पक्षको हार भएको थियो ?
- जर्मनी
३३. भर्साइल सन्धि अन्तर्गत कतिवटा सन्धि गरिएको थियो?
- पाँचवटा
- ३४. विश्वयुद्धपछि कुन मुलुकको मुद्राले अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ? अमेरिका
३५. कहिले हिटर जर्मनीका राष्ट्रपति बनेका थिए ?
- सन् १९३४ मा
३६. ससाना टुक्रा जग्गालाई मासेर ठूलो बनाई घेरिने प्रथालाई के भनिन्थ्यो?
- घेराबन्दी प्रथा
३७. फ्रान्सको राज्यक्रान्तिको प्रमुख नारा के थियो ?
- समानता स्वतन्त्रता र भातृत्व /बन्धुत्व
३८. भारतको तल्लो सदनलाई के भनिन्छ ?
- लोक सभा
३९. राष्ट्रसङ्घको स्थापना कहिले भएको हो ?
- १९२० जनवरी १० मा
४०. महेशपाल वंशको राजधानी कहाँ रहेको थियो ?
- मातातीर्थ
४१. एक ग्राम कार्बोहाइडेटले कति क्यालोरी शक्ति दिन्छ?
- ४ क्यालोरी
४२. रतन्धो (Night Blindness) के को कमी भएमा लाग्दछ?
- भियमिन A
४३. ब्रह्माण्डको उत्पति र विकास सम्बन्धि अध्ययन गर्ने शास्त्र कुन हो ?
- Cosmology
४४. एभोकाँडाको लागि प्रसिद्ध जिल्ला कुन हो?
- धनकुटा
४५. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको विमानस्थल कुन हो ?
- स्याङ्बोचे
४६. पूर्वको पशुपति भनेर कसलाई चिनिन्छ ?
- हलेसी महादेव खोटाङ
४७. सबैभन्दा कान्छो जिल्ला कुन हो ?
- रुकुम पूर्वी
४८. सबैभन्दा कम स्थानीय तह भएको प्रदेश कुन हो ?
- कर्णाली प्रदेश
४९. नेपालमा कति प्रकारका लालीगुराँस पाइन्छन्?
- ३२ प्रकारका
५०. कफी खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ?
- गुल्मी
५१. काठमाडौँबाट सबैभन्दा नजिकको हिमाल कुन हो ?
- जुगल
- ५२. नेपालको प्रमाणित समयको निर्धारण कुन हिमाललाई आधार मानिएको छ ? गौरीशंकर
५३. गण्डकी नदीको सबैभन्दा ठूलो सहायक नदी कुन हो ?
- कालीगण्डकी
५४. सगरमाथा सोलुखुम्बु जिल्लाको कुन गाउँपालिकामा पर्दछ ?
- खुम्बु पासाङ ल्हामु
५५. भारतमा पुगेपछि मेची नदीलाई के नामले चिनिन्छ ?
- महानन्दा
५६. सर्वप्रथम आरोहण खुल्ला गरिएको हिमाल कुन हो?
- अन्नपूर्ण हिमाल
५७. सगरमाथाको प्रथम आरोहण कहिले भएको हो?
- १९ मे १९५३ मा
५८. शान्ति शिखर भनेर कुन हिमाललाई चिनिन्छ?
- सार्जे हिमाल
५९. नेपालको सबैभन्दा ठूलो नदी कुन हो?
- कोशी नदी
६०. झिमरुक नदीको उद्गम स्थल कहाँ पर्दछ ?
- गौमुखी
६१. नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज कुन हो ?
- चितवन
६२. हाल नेपालमा कतिवटा संरक्षित क्षेत्रहरू छन् ?
- सातवटा
६३. नेपालको वन क्षेत्रले ढाँचिएको भूभाग कति प्रतिशत रहेको छ ?
- ४५.३१%
- ६४. व्यास गुफा नेपालको सबैभन्दा ठूलो गुफा हो। यो कुन जिल्लामा पर्दछ ?- तनहुँ
६५. किलर माउन्टेन भने चिनिने हिमाल कुन हो ?
मनास्लु
६६. अर्ना संरक्षणको लागि प्रसिद्ध ठाउँ कुन हो ?
कोशीटपु वन्यजन्तु आरक्ष्य
- ६७. हालसम्म निर्माण भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत आयोजना कुन हो? माथिल्लो तामाकोशी
६८. नेपालको सबैभन्दा लामो पक्की पुल कहाँ रहेको छ ?
- बर्दिया
६९. सबैभन्दा सानो नगरपालिका कुन हो ?
- भक्तपुर
७०. पन्चेश्वरी नदी कुन नदीको पौराणिक नाम हो?
- कर्णाली
७१. नेपालको हालको संघीय प्रदेश कति छन् ?
- सात प्रदेश
७२. नेपालको सबैभन्दा अग्लो शिखर कुन हो?
- सगरमाथा
७३. नेपाल कुन अक्षांशमा पर्छ ?
- उत्तरी
७४. नेपालको पहिलो विश्वविद्यालय कुन हो?
- त्रिभुवन
७५. आमा नदी भनेर कुन नदीलाई चिनिन्छ?
कोशी
७६. विश्वमा सबैभन्दा धेरै बिक्री भएको पुस्तक कुन हो?
बाइबल
७७. नेपालको प्रमाणिक समय ग्रीनबीचभन्दा कति छिटो छ?
- ५ घण्टा ४५ मिनेट ४६ सेकेन्ड
७८. अफ्रिका महादेशको सर्वोच्च शिखर कुन हो?
- किल मन्जरो
७९. माउन्ट एल ब्रुज कुन महादेशमा पर्दछ ?
- युरोप
८०. विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ?
- एसिया
८१. अक्षराङ्क शिक्षा कसको कृति हो ?
- जय पृथ्वीबहादुर सिंह
८२. नेपालको पहिलो राष्ट्रपति को हुन् ?
- रामवरण यादव।
८३. नेपालको पहिलो महिला प्रधानन्यायाधीश को हुन् ?
- सुशिला कार्की
८४. नेपालको पहिलो महिलामन्त्री को हुन् ?
- शैलजा आचार्य
८५. नेपालको पहिलो प्रधानमन्त्री जङ्गबहादुर राणाले कुन देश भ्रमण गरेका थिय?
- बेलायत
८६. नेपालको राष्ट्रिय मुद्रा के हो ?
- रुपैयाँ
८७. नेपालमा रूपियाँको नोट छाप्ने अधिकार कसको हो ?
- नेपाल राष्ट्र बैंक
८८. एउटा आँखाको औसत तौल कति हुने गर्छ ?
- ८ ग्राम
८९. नेपालको सबैभन्दा गहिरो नदी कुन हो?
- गण्डकी
९०. विश्वको दोस्रो ठूलो हिमाल कुन देशमा रहेको छ ?-
९१. जनताको छोराको रूपमा पहिलो प्रधानमन्त्री हुने व्यक्ति को हुन्?
- मातृकाप्रसाद कोइराला
९२. नेपालमा सर्वप्रथम बजेट पेश गर्ने प्रधानमन्त्री को हुन् ?
- मातृकाप्रसाद कोइराला
९३. डा. के आई सिंह कति दिन नेपालका प्रधानमन्त्री भएका थिए ?
- १०४ दिन
९४. जननेता भनेर कसलाई चिनिन्छ ?
- बी .पी .कोइराला
९५. पञ्चायतको मलामी भनी कसलाई चिनिन्छ ?
- मरिचमान सिंह श्रेष्ठ
९६. नेपालका पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री को हुन् ?
- मनमोहन अधिकारी
९७. कसको पालामा नेपालमा संविधान सभाबाट संविधान जारी भएको थियो?
- सुशील कोइराला
९८. दासढुङ्गा दुर्घटना कहिले भएको थियो ?
- २०५० साल जेठ ३ गते
९९. नेपालमा ‘हलो क्रान्ति’ को सुरुवात कुन जिल्लाबाट भएको थियो?
- लमजुङ
१००. पहिलो संविधान सभाको निर्वाचन कहिले सम्पन्न भएको थियो?
- वि .सं .२०६४ चैत्र २८ गते सम्पन्न भएको थियो
