नेपालको दक्षिण-पूर्वी समतल भूभागमा अवस्थित मधेस प्रदेशको सम्पूर्ण जानकारी खोज्ने विद्यार्थी, अनुसन्धानकर्ता र आम पाठकहरूका लागि यो एक पूर्ण सामग्री हो। क्षेत्रफलका हिसाबले सबैभन्दा सानो भए पनि, २०७८ को जनगणना अनुसार यस प्रदेशको जनसङ्ख्या र यहाँको राजनैतिक तथा आर्थिक अवस्था निकै महत्त्वपूर्ण छ। यस लेखमा हामी मधेस प्रदेशका ८ वटै जिल्लाहरू, भौगोलिक सिमाना, यहाँ बोलिने भाषा, धर्म र जातजातिका साथै भर्खरै सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८१/८२ र प्रदेशको बजेटबारे विस्तृत चर्चा गर्नेछौँ। यसका अतिरिक्त, लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाका लागि अत्यन्तै उपयोगी हुने २० वटा महत्त्वपूर्ण प्रश्नोत्तर पनि यसै लेखमा समावेश गरिएको छ।
- प्रदेश नामाकरण मितिः वि.सं. २०७८/१०/०३ गते ।
- प्रदेश राजधानी नामाकरण मितिः वि.सं. २०७८/१०/०३ गते ।
- यस प्रदेशको राजधानी जनकपुर रहेको छ।
- यस प्रदेशलाई अन्नको भण्डार भनेर चिनिन्छ ।
- क्षेत्रफल : ९६६१ वर्ग कि.मी. (६.५७ %) ।
- जनसंख्याः ६१,१४,६०० (२०.९७ %)
- पुरुषः ३०,६५,७५१
- महिलाः ३०,४८,८४९
- जनसंख्या वृद्धिदरः १.१९ %
- मधेश प्रदेश कती डिग्री अक्षांश देखि कति डिग्री देशान्तरसम्म फैलिएको छ
- अक्षांश- २६ डिग्री ३ मिनेट उत्तरी अक्षांस देखि २७ डिग्री ७ मिनेट उत्तरी अक्षांस सम्म
- देशान्तर ८४ डिग्री १ मिनेट पूर्वी देशान्तर देखि ८७ डिग्री १ मिनेट पूर्वी देशान्तरसम्म.
मधेश प्रदेशको सिमाना
- पूर्व सिमानाः कोशी प्रदेश ।
- पश्चिम सिमानाः बागमती प्रदेश जिल्ला।
- उत्तरी सिमानाः कोशी प्रदेश र बागमती प्रदेश ।
- दक्षिणी सिमाना: भारतको विहार राज्य ।
मधेश प्रदेश को राजनैतिक /प्रशासनिक जानकारी
- जिल्ला : ८ वटा
- वडा संख्याः १२७१ सबै भन्दा बढी
- प्रदेश सभा क्षेत्र संख्याः ६४
- स्थानीय तहः १३६
- महानगरपालिकाः १
- उपमहानगरपालिकाः ३
- नगरपालिकाः ७३
- जम्मा गाउँपालिकाः ५९
- ठुलो जिल्लाः सप्तरी (३६१० व.कि.मि)
- सानो जिल्लाः महोतरी (४९४ व.कि.मि)
- स्थायी राजधानीः जनकपुर (२०७८ माघ ०३ )
- प्रतिनिधि निर्बाचन क्षेत्र : ३२
- प्रदेश सभा निर्वाचन क्षेत्र : ६४ वटा
- समानुपातिक : ४३
मधेश प्रदेशको जिल्लाहरु
| जिल्ला सदरमुकाम | स्थानीय तह | जानकारी |
| सप्तरी राजविराज | ९ नगरपालिका ९ गाउँपालिका | प्रतिनिधि सभाको ४ वटा र प्रदेश सभाको ८ निर्वाचन क्षेत्र पेडाको लागि प्रख्यात स्थान (बरमझिया ) राजदेवी, छिन्नमस्ता (टाउको नभएको) भगवती, कंकालिनी, ठेलियामेडिया, शम्भुनाथ, मानराजा, नेपालकै पुरानो नहर (चन्द्रनहर) भएको जिल्ला), बढी दलित भएको जिल्ला, भोकारी दह, लोहजरा, ताल, नेपालकै सबैभन्दा सानो गोबरगाढा टापु रहेको |
| सिरहा/लहान | ८ नगरपालिका ९ गाउँपालिका | प्रतिनिधि सभाको ४ वटा र प्रदेश सभाको ८ निर्वाचन क्षेत्र, पत्तार पोखरी, सारस्वरनाथ मन्दिर, सहलेस दरबारसहलेस क्षेत्र (वैशाख १ गते मात्र फुल्ने फूल), बाबा ताल रहेको, |
| धनुषा/जनकपुर | १ उपमहानगरपालिका ११ नगरपालिका ६ गाउँपालिका | प्रतिनिधि सभाको ४ वटा र प्रदेश सभाको ८ निर्वाचन क्षेत्र, राम सागर, रत्न सागर, धनुषा सागर, गङ्गा सागर, मुरलीधर पोखरी, तेलदीर्घ सागरङ अमृत कुण्डजानकी मन्दिर, विवाह मण्डप, रंगभूमि स्थान, धनुषाधाम, दुर्वासा आश्रम, दुलहा दुलहीन मन्दिर, जनकपुर जयनगर रेलवे । |
| महोत्तरी/जलेश्वर | १० नगरपालिका ५ गाउँपालिका | तराई क्षेत्रको सबैभन्दा सानो जिल्ला, प्रतिनिधि सभाको ४ वटा र प्रदेश सभाको ८ निर्वाचन क्षेत्र, टुटेश्वर महादेव, मटिहानी, पुरादित्यगढी, जलेश्वरनाथ, तस्मैयामठ, रतवारा मठ, सोनामाई,सिसुवा खटैया दह, गुट्के दह, नेपालको सबैभन्दा होचो सदरमुकाम । |
| सर्लाही/मलंगवा | ११ नगरपालिका ९ गाउँपालिका | गोलभेंडा बढी पाइने जिल्ला प्रतिनिधि सभाको ४ वटा र प्रदेश सभाको ८ निर्वाचन क्षेत्र, सबैभन्दा बढी स्थानीय तह हुने जिल्ला (२० वटा), रजवा शिवालय मन्दिर, नदीमनताल, नाडी ताल,चमेली माई, शीतलामाई, मुर्तियाक्षेत्र, पत्थरकोट, पूर्वमा बाँके र हर्दी नदी तथा पश्चिममा बागती नदीले सिमाना छुट्याएको, मनुस्मारा सिँचाइ आयोजना । |
| पर्सा/वीरगञ्ज | १ महानगरपालिका ३ नगरपालिका १० गाउँपालिका | प्रतिनिधि सभाको ४ वटा र प्रदेश सभाको ८ निर्वाचन क्षेत्र, बञ्जारीताल, मानधिया पोखरी, छपकैया पोखरी,पारसगढी, गढवामाई मन्दिर, अमदिवी, तराईको बिन्दवासिनी मन्दिर, गहवा मन्दिर, अलखिया मठ, राधेमाई मन्दिर, तराईको रानीगञ्ज दरबार, नेपालको सबभन्दा ठूलो नौतले हनुमान मन्दिर, सीतागुफा,ताप्केका लागि प्रसिद्ध जिल्ला, नेपालको पहिलो ICP सञ्चालन रहेको, आदर्श नगर रंगशाला,पुरानो सदरमुकाम अलौ, चराको चुच्चो आकारको जिल्ला घडिअर्वा पोखरी, दुधेश्वरनाथ पर्यटकीय क्षेत्र, महेन्द्र राजमार्गले तराईको नछोएको एकमात्र जिल्ला, नेपालको प्रवेशद्वारा वीरगञ्ज (शंकराचार्य गेट), अलौपर्व घटेको जिल्ला । |
| बारा/कलैया | २ उपमहानगरपालिका ५ नगरपालिका ९ गाउँपालिका | डोय राज्यको राजधानी सिम्रौनगढ रहेको प्रतिनिधि सभाको ४ वटा र प्रदेश सभाको ८ निर्वाचन क्षेत्र, गढीमाई (विश्वमै बढी बली चढाइने), कंकालिनीमाई, हरिहरगढी, बारागढी,दवीमाई, थानीमाईको मन्दिर, कामिनी दह |
| रौतहट / गौर | १६ नगरपालिका २ गाउँपालिका | प्रतिनिधि सभाको ४ वटा र प्रदेश सभाको ८ निर्वाचन क्षेत्र, सबैभन्दा बढी नगरपालिका (१६ वटा) भएको जिल्ला, राजदेवी मन्दिर, वाणेश्वर महादेव, पतौरा मन्दिर,बरहवा ताल, मरघर सिमसार क्षेत्र,पुरेनवा दरबार, श्रीराम चिनी कारखाना, सबैभन्दा धेरै मुसलमान रहेको जिल्ला, |
मधेश प्रदेशको जनसङ्ख्या २०७८ अनुसार
- कुल जनसंख्याः ६१,१४,६०० (२०.९७%)
- पुरुषको संख्याः ३०,६५,७५१ (५०.१४ %)
- महिलाको संख्या: ३०,४८,८४९ (४९.८६%)
- अन्य लिंगी : २४.९ प्रतिशत
- लैंगिक अनुपातः १०० .५५
- जनसंख्या वृद्धिदरः १.१९ %
- सबैभन्दा बढी वार्षिक जनसंख्या वृद्धिदर भएको जिल्लाः रौतहट (१.६३%)
- सबैभन्दा कम वार्षिक जनसंख्या वृद्धिदर भएको जिल्लाः पर्सा (०.८२%)
- जनघनत्वः ६३३ जना प्रति वर्ग कि.मि
- सबै भन्दा बढी जनघनत्व भएको जिल्ला धनुषा (७३५ जना प्रति वर्ग किलोमिटर )
- सबै भन्दा कम जनघनत्व भएको जिल्ला पर्सा (४८४ जना प्रति वर्ग किलोमिटर )
- परिवार संख्याः ११,५६,७१५
- प्रति परिवार औसत सदस्य संख्या: ५.२९ जन
- सबैभन्दा बढी परिवारको औसत आकार भएको जिल्लाः रौतहट . (५ .९४ )
- सबैभन्दा कम परिवारको औसत आकार भएको जिल्लाः सप्तरी (४.८१ )
- नगरपालिकामा बसोबास गर्ने जनसंख्याः ७३.०%
- गाउँपालिकामा बसोबास गर्ने जनसंख्या २७.०% रहेको ।
- सबैभन्दा बढी जनसंख्या भएको जिल्लाः धनुषा (८,६७,७४७ )
- सबैभन्दा कम जनसंख्या भएको जिल्लाः पर्सा (६,५४,४७१ )
- १५-५९ वर्ष उमेर समूहको जनसंख्याः ५७.६९ %।
- १४ वर्ष वा सोभन्दा कम उमेर समूहको जनसंख्याः ३३.१७ % ।
- ६० वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसंख्याः ९.१४ %।
- अपाङ्गताको जनसंख्याः १.५ % (पुरुष ५६.८ % र महिला ४३.२ %) ।
- साक्षरता दरः ६३.५३ % (पुरुष ७२.५ % र महिला ५४.७ %)।
- आर्थिक रूपले सक्रिय जनसंख्याः २७,३०,४४७ (५२.२ %),
- आर्थिक रुपले निष्क्रिय जनसंख्याः २०,३४,८७६ (२०.२%) ।
- अक्सर बेरोजगारिको संख्याः १,४९,४११ (८.३%)
राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशको प्रमुख भाषा
| क्र.स | मुख्य भाषा | प्रतिशत |
| १ | मैथली | ४१.७ |
| २ | भोजपुरी | १८.८ |
| ३ | बज्जिका | १८.४ |
| ४ | नेपाली | ५.८ |
| ५ | थारु | ४.२ |
| ६ | उर्दु | ४.१ |
| ७ | माघी | ३.५ |
| ८ | तामाङ | १.६ |
| ९ | मागर धुत | ०.७ |
राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशको प्रमुख जातजाति
| क्र.स | जातजाति | प्रतिशत |
| यादव | १५.२ प्रतिशत | |
| मुसलमान | १३ प्रतिशत | |
| तेली | ५.३ प्रतिशत | |
| थारु | ४.९ प्रतिशत | |
| कुशवाहा | ४.५ प्रतिशत | |
| चमार | ४.४ प्रतिशत | |
| धानुक | ३.६ प्रतिशत | |
| कुर्मी | ३.० प्रतिशत | |
| मुसहर | २.९ प्रतिशत |
राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशको प्रमुख धर्म
| क्र.स | धर्म | प्रतिशत |
| १ | हिन्दु | ८४.२ |
| २ | इस्लाम | १३.३ |
| ३ | बौद्ध | २.२ |
| ४ | क्रिस्चियन | ०.२ |
| ५ | किराँत | ०.०५ |
| ६ | प्रकृति | ०.०३ |
| ७ | जैन | ०.०१ |
मधेश प्रदेशको विमानस्थल
- सिमरा विमानस्थल : बार
- जनकपुर विमानस्थल : धनुषा
- राजविराज विमानस्थल : सप्तरी
- निगगढ विमानस्थल : बारा
मधेश प्रदेशको राष्ट्रिय निकुन्जहरु
- चितवन राष्ट्रिय निकुन्ज
- पर्सा राष्ट्रिय निकुन्ज
आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार मधेश प्रदेश
- आर्थिक वृद्धिदरः ४.५० %
- उपभोक्ता मुद्रास्फीतिः ३.५२ %
- नेपालको कुल ग्राहस्थ उत्पादनमा यस प्रदेशको योगदानः १३.२ %
- प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनमा : ९३२ $
- कुल ग्राहस्थ उत्पादनमा खर्च : ३.२६%
- मदेश प्रदेशको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदानः ३६.७३ %
- मधेश प्रदेशको कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान : १०.७ %
- मदेश प्रदेशको कुल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान : ५२.६ %
- मदेश प्रदेशको कुल ग्राहस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान : ५.५२%
- यस प्रदेशमा बहुआयामिक गरिबीः २२.५३%
- मानब विकास सूचांक (HDI) :०.५१
- कृषि पेशामा आबद्ध जनसंख्या : ६६%
- विद्युतको पहुँच : १००%
वन जंगल
- मधेश प्रदेशमा वनले ढाकेको क्षेत्रफल २३७६३६ हेक्टर
- अन्य काठ बुट्यानले ढाकेको क्षेत्रफल ११६२४ हेक्टर
- नेपालको कुल क्षेत्रफलको ३.७२ प्रतिशत
- प्रदेशको कुल भूभागको २५.८० प्रतिशत
- कुल १३६ वटा स्थानीय तह मध्ये ४७ वटा स्थानीय तह मा मात्र वन रहेको छ
- वन बिहिन स्थानीय तह ८९ वटा रहेका छन
मधेश प्रदेशको आर्थिक वर्ष २०८२/८३ को बजेट
- कुल बजेट रु ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार
- चालु तर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार (३५.८९%)
- पुँजीगत रु ३० अर्ब २६ करोड २८ लाख ३४ हजार (६४.११%)
खर्च व्यहोर्ने स्रोत
- आन्तरिक राजस्व बाट रु . ९ अर्ब ५० करोड ८३ लाख
- बित्तिय समीकरण अनुदानबाट रु . ७ अर्ब ७२ करोड १९ लाख
- शसर्त अनुदान रु . ४ अर्ब २६ करोड १८ लाख
- बिशेष अनुदान रु . ३९ करोड ४५ लाख
- समपुरक अनुदान रु. ३५ करोड ८२ लाख
- संघिय राजस्व बाडफाड वाट रु. १२ अर्ब ३५ करोड ८४ लाख
- गत वर्षको नगद मौज्दातवाट रु . १० अर्ब ३८ करोड २ लाख ५१ हजार
- आन्तरिक ऋण रु. २ अर्ब
जानकी मन्दिर
- जानकी मन्दिर मन्दिर पबित्र हिन्दु धर्मस्थल हो यो मन्दिर जानकी अर्थात् सीताको जन्मस्थल जनकपुरमा अवस्थित छ यस मन्दिर लाइ मिश्रित शैलीमा बनाएको छ ।
- भारतको मध्य प्रदेशको टिकमगढीकि राजकुमारी वृषभानु कुँवरी ले बनाएको हो ।
- ९ लाख चाँदीका असर्फी खर्चेर निमार्ण गरायर बनएको हुदा नौलखा मन्दिर पनि भनिन्छ ।
- सन् १८८४ मा शिलान्यास भइ सन् १९११ मा निर्माण भएको थियो ।
- रामको जन्मको अवसरमा हरेक चैतमा रामनवमी ,बैशाखमा जानकीनवमी ,मङ्सिर मा राम जानकी विबाह ।
- महोत्सव असोज पुर्निमामा कोजग्रत र फागुनमा परिक्रमा जस्ता मानिन्छ।
मदेश प्रदेश दोर्सो पन्चवर्षीय योजना (२०८१/८२-२०८५/८६)
- योजनाले राखेको सोच : आत्मनिर्भर र सम्बृद्ध मधेश : सुखी मधेशी
- योजनाले लिएको लक्ष्य : कृषिमा सवलीकरण ,उच्च मानब विकास सूचकांकको प्राप्ति र सम्मानजनक रोजगारी मार्फत सम्बृद्धि हासिल गर्ने ।
- रणनीति – ४ वटा
- उदेश्य : ४ वटा ,
१.कृषि उत्पादनमा अभिवृद्धि गर्दै आत्मनिर्भरता हासिल गर्नु,
२. गुणस्तरीय स्वास्थ्य र शिक्षाको विकास गर्दै रोजगारीको अवसर तथा सामाजिक न्याय कायम गर्नु
३. उद्द्योग ,पर्यटन र बजार प्रवर्धन गर्नु ,
४. विकास र वातावरणबीच सन्तुलन कायम राख्दै वन,वातारण ,जलधार तथा जैविक विविधतको संरक्षण एवंम संवर्धन र जलवायु अनूकुलन गर्नु,
परिमाणत्मक लक्ष्य
मधेश प्रदेश सम्वन्धी २० वटा प्रश्न उत्तर
- मधेश प्रदेशमा ८ वटा जिल्ला रहेको छन
- क्षेत्रफलको आधारमा सबै भन्दा सानो प्रदेश हो ।
- नेपालको प्रवेशद्वार भनेर पर्साको बीरगंजलाई चिनिन्छ
- मदेशको जनघनत्व ६३३ प्रति वर्ग कि.मि रहेको छ
- धेरै गाउँपालिका भएको जिल्ला पर्सा हो मधेस प्रदेशलाई अन्नको भण्डार पनि भनिन्छ
- सबै भन्दा बढी मछा उत्पादन गर्ने जिल्ला बारा हो भने कम उत्पादन गर्ने जिल्ला पर्सा हो
- नेपालको सबै भन्दा धेरै नगरपालिका भएको प्रदेश मधेश प्रदेश हो
- सबै भन्दा कम साक्षरता भएको प्रदेश मधेश हो भने जिल्ला रौतहट हो
- चराको चुच्चो आकारको जिल्ला भनेर पर्सा जिल्ला लाइ चिनिन्छ
- ताप्केका लागि प्रसिद्ध जिल्ला पर्सा हो
- प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनमा : ९३२ $ रहेको छ
- सबैभन्दा बढी स्थानीय तह हुने जिल्ला सर्लाही हो (२० वटा),
- पेडाको लागि प्रख्यात स्थान (बरमझिया ) सप्तरीमा रहेको छ
- सबै भन्दा बढी दलित भएको जिल्ला सप्तरी हो
- तराई क्षेत्रको सबैभन्दा सानो जिल्ला ।
- तराईको सबै भन्दा सानो जिल्ला महोत्तरी हो।
- अलौ पर्ब घटेको जिल्ला पर्सा हो ।
- मधेश प्रदेशको सबै भन्दा होचो भूभाग धनुषाको मुसहनिया (५९ मि )
- बिस्वोमा सबै भन्दा बढी बलि चढाउने मन्दिर गढी माइ मन्दिर बारा जिल्लमा छ
- मधेस प्रदेशको प्रमुख राजमार्ग हुलाकी राजमार्ग हो



