नेपालको स्थानीय तह सबै गरेर ७५३ वटा रहेको छ । जसमध्ये ६ महानगर,११ उपमहानगर, २७६ नगरपालिका ४६० गाउँपालिका ६७४३ वटा वडा ७७ वटा जिल्ला सभा रहेको छ । नेपालमा जम्मा सरकार ७६१ वटा रहेको छ ।सबै भन्दा बढी स्थानीय तह भएको जिल्ला सर्लाही हो जसमा २० वाट स्थानीय तह रहेको छ ।जस् अन्तर्गत ९ वटा गाउँपालिका र ११ वाट नगरपालिका रहेको छ भने सबै भन्दा कम स्थानीय तह भएको जिल्ला चाहिँ रुकुम पूर्व हो जसमा जम्मा ३ वाट मात्रै स्थानीय तह रहेको छ।
गाउँपालिका
नेपालमा जम्मा गाउँपालिका को संख्या ४६० रहेको छ भने सबै भन्दा बढी गाउँपालिका भएको जिल्ला धादिङ हो जसमा ११ वाट गाउँपालिका रहेको छ यस्तै गरी सबै भन्दा कम गाउँपालिका भएको जिल्ला चाहिँ चितवन रहेको छजसमा इच्छाकामना मात्रै रहेको छ। गाउँपालिका नभएका भने २ वटा रहेका छन् काठमाण्डौ र भक्तपुर। सबै भन्दा बढी गाउँपालिका भएको प्रदेश भने मधेश प्रदेश रहेको छ जुन मा ८८ वाट गाउँपालिका रहेको छ । कम भएको प्रदेश भने २ वटा रहेका छन् कर्णाली र सुदूपश्चिमाञ्चम जसमा ५४/५४ वटा रहेका छन् ।क्षेत्रफलमा सबै भन्दा ठूलो गाउँपालिका हुम्लाको नाम्खा रहेको छ भने सानो गाउँपालिका चाहिँ बारा जिल्लाको परवानीपुर रहेको छ ।गाउँपालिका भित्र मा जम्मा वार्ड संख्या चाहिँ ३५२७ रहेको
नगरपालिका
नेपालमा जम्मा नगरपालिकाको संख्या २७६ वटा रहेको छ। सबै भन्दा बढी नगरपालिका भएको जिल्ला मधेश प्रदेशको रौतहट रहेको छ जम्मा गाउँपालिका को संख्या चाहिँ १६ वटा रहेको छ। नगरपालिका नभएका जिल्ला ५ वटा रहेका छन् जुन क्रमश: मनाङ , मुस्ताङ,हुम्ला ,रसुवा र रुकुम पूर्व रहेका छन्। त्यस्तै गरी एउटा मात्रै नगरपालिका भएको जिल्ला भने ८ वटा रहेका छन् । नगरपालिका बढी संख्या मा रहेको प्रदेश भने मधेश प्रदेश रहेको छ जुन ७३ वटा रहेको छ भने सबै भन्दा कम नगरपालिका भएको प्रदेश भने कर्णाली रहेको छ जुन २५ वटा रहेको छ।
नेपालमा वार्डको संख्या
नेपालमा जम्मा वडा संख्या ६,७४३ रहेको छ ।सबै भन्दा बढी वडा रहेको प्रदेश मधेश रहेको छ जसमा १२७१ वटा रहेको छ भने सबै भन्दा कम वडा रहेको प्रदेश भने कर्णाली प्रदेश रहेको छ जुन ७१८ वटा छन । जिल्ला गत वडा भने सबै भन्दा धेरै सर्लाही जिल्ला २०० वटा र सबै भने कम वडा मुस्ताङ २५ वटा छन ।
उपमहानगरपालिका
नेपालमा उपमहानगरपालिका को संख्या जम्मा ११ वटा रहेको छ सबै भन्दा धेरै उपमहानगरपालिका भएको प्रदेश लुम्बिनी जहाँ ४ वटा रहेको छ भने मधेस मा ३ वटा ,कोशी मा २ वटा अनि बागमती र सुदूरपश्चिममा १/१ वटा रहेको छ । उपमहानगरपालिका नभएको प्रदेशहरु कर्णाली र गण्डकी प्रदेश रहेको छ ।


