गण्डकी प्रदेशको परिचय
गण्डकी प्रदेश नेपालको सात वटा प्रदेशहरुमध्ये एक प्रदेश हो । गण्डकी प्रदेशको पुर्व तर्फ बागमती प्रदेश ,पश्चिमतर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश ,उत्तर तिर चिन र दक्षिणतर्फ लुम्बिनी प्रदेश र भारतको बिहार राज्य संग सिमाना जोडिएको छ । गण्डकी प्रदेशमा ११ वटा जिल्लाहरु जिल्लाहरु रहेका छन । यस प्रदेशको राजधानी पोखरा हो जुन नेपालकै प्रमुख गन्तव्यका रुपमा चिनिन्छ । गण्डकी प्रदेश जनसंख्याको आधारमा छैठौं ठुलो प्रदेश हो ।
गण्डकी प्रदेशको इतिहास
नेपालको संबिधान २०७२ साल असोज ३ गते जारी भयो उक्त संविधानको अनुसूची ४ बमोजिम नेपाललाई ७ वटा प्रदेशमा बिभाजन गरियो । साविकका गण्डकी अन्चलका ६ जिल्ला ,धौलागिरी अन्चलका ४ जिल्ला र लुम्बिनी अन्चलको नवलपुर (बर्दघाट सुस्ता पुर्व ) गरि जम्मा ११ वटा जिल्ला मिलेर प्रदेश नम्बर ४ कायम भयो । मितिः वि.सं. २०७५ आषाढ २२ गते ४ नं प्रदेशको नाम गण्डकी प्रदेश रह्यो । प्रदेश राजधानी नामाकरण मितिः वि.सं. २०७५ आषाढ १८ गते ।यस प्रदेशको राजधानी पोखरा (कास्की) रहेको छ। यस प्रदेशलाई प्राचिन समयमा मगरात भनेर चिनिन्थ्यो।
गण्डकी प्रदेश कती डिग्री अक्षांश देखि कति डिग्री देशान्तरसम्म फैलिएको छ
- अक्षांश- २७ डिग्री २६ मिनेट १५ सेकेण्ड उत्तरी अक्षांस देखि २९ डिग्री १९ मिनेट ५० सेकेण्ड उत्तरी अक्षांस सम्म
- देशान्तर ८२ डिग्री ५२ मिनेट ४५ सेकेण्ड पूर्वी देशान्तर देखि ८५ डिग्री १२ मिनेट ५ सेकेण्ड पूर्वी देशान्तरसम्म
गण्डकी प्रदेशको होचो र अग्लो भू भाग
- प्रदेशको सबैभन्दा उच्च भू-भागः धवलागिरी हिमाल (८१६७ मि.)।
- प्रदेशको सबैभन्दा होचो भू-भागः नवलपुरको त्रिवेणी सुस्ता (९३ मि.)।
धरातलीय रूपमा गण्डकी प्रदेश
१) हिमाली भू-भागः ५,८१९ वर्ग कि.मि. (२६.८%)।
२) पहाडी भू-भागः १४,६०४ वर्ग कि.मि. (६७.२%)।
३ ) तराई भू-भागः १३१० वर्ग कि.मि. (६%) ।
गण्डकी प्रदेशको सिमाना
- पूर्व सिमानाः बागमती प्रदेशका रसुवा, चितवन र धादिङ जिल्ला ।
- पश्चिम सिमानाः लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, प्युठान, पाल्पा र नवलपरासी (सुस्ता बर्दघाट पश्चिम) र कर्णाली प्रदेशको डोल्पा जिल्ला।
- उत्तरी सिमानाः चीनको स्वशासित क्षेत्र तिब्बत ।
- दक्षिणी सिमाना: पाल्पा जिल्ला र भारतको विहार राज्य ।
गण्डकीप्रदेश को राजनैतिक /
- जिल्ला : ११ वटा
- वडा संख्याः ७५९
- प्रदेश सभा क्षेत्र संख्याः ३६
- स्थानीय तहः ८५
- महानगरपालिकाः १
- उपमहानगरपालिकाः ०
- नगरपालिकाः २६
- जम्मा गाउँपालिकाः ५८
- ठुलो जिल्लाः गोरखा (३६१० व.कि.मि)
- सानो जिल्लाः पर्वत (४९४ व.कि.मि)
- स्थायी राजधानीः पोखरा (२०७५ असार १८)
- गण्डकी प्रदेशको नामकरण : २०७५ असार २२ गते
- प्रतिनिधि निर्बाचन क्षेत्र : १८ वटा
- प्रदेश सभा निर्वाचन क्षेत्र : ३६ वटा
- प्रदेश सभा मा कुल सदस्य संख्या : ६०(प्रत्यक्ष ३६ र समानुपातिक २४ )
- सबै भन्दा बढी प्रतिनिधि र प्रदेश सभा भएको जिल्ला : कास्की (३ प्रतिनिधि सभा र ६ प्रदेश सभा क्षेत्र
- सबै भन्दा कम स्थानीय क्षेत्र भएको जिल्ला : मनाङ(४ स्थानीय तह )
- नगरपालिका बिहिन जिल्ला : २ ( मुस्ताङ र मनाङ )
- सबै भन्दा बढी नगरपालिका भएको जिल्ला : स्याङ्जा ( ५ नगरपालिका ६ गाउँपालिका )
- सबै भन्दा बढी गाउँ पालिका भएको जिल्ला गोर्खा : (२ नगरपालिका र ९ गाउँपालिका )
गण्डकी प्रदेशको जिल्लाहरु
| जिल्ला / सदरमुकाम | स्थानीय तह | सम्बन्धित जानकारी |
| गोरखा /गोरखा | २.नगरपालिका ९ गाउँपालिका | प्रतिनिधि सभाको २ वटा र प्रदेश सभाको ४ निर्वाचन क्षेत्र,सबैभन्दा होचो हिमरेखा रुपिनाल रहेको,लखन थापा, भिमसेन थापा, जंग बहादुर राणा जस्ता व्यक्तित्वको जन्मस्थल,भञ्ज्याङहरू (ग्याला, याला, साउले, थापले, आहाले), चुमभ्याली हसुरे डाँडा (बहराइन पिक)रुन्चेताल, कालताल, कल्छुमन ताल, नारदकुण्ड, वीरेन्द्रताल, राम्चेमनकामना मन्दिर, रामेश्वर र गोरखनाथ मन्दिर, |
| तनहुँ / दमौली | ४ नगरपालिका ६ गाउँपालिका | प्रतिनिधि सभाको २ वटा र प्रदेश सभाको ४ निर्वाचन क्षेत्र,नेपालको ठूलो सिद्ध गुफा, भानुभक्त र बेदब्यासको जिल्लापर्यटकीय स्थान, बन्दीपुर, अकलाथान, मानुङकोटपुलि भञ्ज्याङ, गठी चौतारो, ढोरफिर्दी, ढिकुरघर,व्यासगुफा, परासर गुफा, विमल गुफा, भालुभीम गुफा, चम्पावती गुफा,बुढी भगवती, छिम्केश्वरी, चुहुने मुढा र थानीदेवी मन्दिर,माछाको पूजा गरिने एकमात्र मन्दिर छाब्दी बाराही रहेको ठाउँ: तनहुँ |
| मनाङ/चामे | ४ गाउँपालिका | प्रतिनिधि सभाको १ वटा र प्रदेश सभाको २ निर्वाचन क्षेत्र,कम जनसंख्या, कम घनत्व, कम उब्जाउ भूमि भएको जिल्ला,विश्वको अग्लो स्थानको ताल (केजिनसारा, ५००२ मि.), थोराङपास भञ्ज्याङ (५४१६ मि.)नगरपालिका विहीन जिल्ला,भञ्ज्याङहरू (तुगुला, काइला, तेरिला, चुरुङ), नार्फ ट्रेलतालहरू (तिलिचो, पुगेन ताल, गंगापूर्ण केचो ताल, छोकर्ण ताल, मनासलु ताल),विश्वको सबैभन्दा उचाइमा क्यानोयिङ गर्न सकिने लुङ्गा खोला भरना (५,२१५ मि.),हिमालहरू (पिसाङ, गङ्गापूर्ण, मुकुट, पुत्रुङ, पेरी पानवारी),हिमालपारीको जिल्ला भनेर चिनिने । |
| लमजुङ बेसीसहर | ४ नगरपालिका ४ गाउँपालिका | प्रतिनिधि सभाको १ वटा र प्रदेश सभाको २ निर्वाचन क्षेत्र,घोर्लेटार, राइनास, तुर्लुड्कालिका जस्ता पर्यटकीय स्थान,हलोक्रान्ति सुरु भएको जिल्ला,देउपोखरी, इन्द्रपोखरी, बाहपोखरी, दुधपोखरी, निमापोखरी,गाईखुरे झरना, च्याम्चे झरना,घलेगाउँ, भुजुङ, बाहुनडाँडा, गाउँसहर, पसगाउँ, काउलेपानी |
| कास्की/पोखरा | १महानगरपालिका ४ गाउँपालिका | प्रतिनिधि सभाको ३ वटा र प्रदेश सभाको ६ निर्वाचन क्षेत्र,गण्डकी प्रदेशको स्थायी राजधानी पोखरा,सात तालको शहर लेखनाथ,फेवा, रूपा, बेगनास, दिपाङ, मैदी, खोस्टे, बुड्डुवा, स्यार्खु र शान्तिकुण्ड गरी जम्मा ८१ वटा तालडेभिस फल (पाताले छाँगो), महेन्द्रगुफा, तालबाराही, विन्धवासिनी,साराङ्कोट, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल,मौजा हामे स्टे,नेपालको सबैभन्दा बढी पानी पर्ने क्षेत्र (लुम्ले),नेपालको पहिलो खुलादिसा मुक्त जिल्ला (२०६८)गुरुङ संस्कृति र जीवनशैलीलाई जीवन्त राखेको ठाउँ घान्दुक |
| स्याङ्जा/पुतलीबजार | ५ नगरपालिका ६ गाउँपालिका | प्रतिनिधि सभाको २ वटा र प्रदेश सभाको ४ निर्वाचन क्षेत्र,पुरानो सदरमुकाम नुवाकोट, प्याराग्लाइडिङको लागि सोरेक मैदानगर्ग तीर्थस्थल, श्रवणकुमार आश्रम, आलमदेवी, कैलाश गुफा, गडहरे गुफा, छाड्छाङ्दी मेला, सतौं चण्डीदेवी, सुलुङ कालिका, जगन्नीदेवी, रानीचौतारो,नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउँ पञ्चमूल सिरुबारी,नेपालकै ठूलो कालीकण्डकी ए जलविद्युत (१४४ मे.वा.) को जिल्ला |
| पर्बत /कुस्मा | २ नगरपालिका ५ गाउँपालिका | प्रतिनिधि सभाको १ वटा र प्रदेश सभाको २ निर्वाचन क्षेत्र,गण्डकीबाट धौलागिरीमा सारिएको जिल्ला, यसको पुरानो नाम कुसुमपुरी हो.सेतीबेनी मेला, मोदीबेनी मेला, अलपेश्वर र गुप्तेश्वर महादेव गुफा, महाशिलानेपालकै अग्लो कुस्मा (बङ्गाउँ) र कैया जोड्ने १५६ मि. अग्लो, ३४७ मि. लामो झोलुङ्गे पुल,पर्यटकीय पञ्चासे डाँडा र पञ्चकोसी ताल,सासुरा झरना र सहस्रधारा झराना, |
| म्याग्दी/बेनी | १ नगरपालिका ५ गाउँपालिका | प्रतिनिधि सभाको १ वटा र प्रदेश सभाको २ निर्वाचन क्षेत्र,तातोपानी कुण्ड, रुप्से झरना, गुर्जा हिमाल र भाले बास्ने ताल रहेको जिल्ला,गाजने दरबार, डोलथान दरबार, बेनी दोविल्ला शिवालय,विश्वकै सबैभन्दा गहिरो गल्छी (दाना), म्याग्दी दानाको अन्ध गल्छी (६,९६७ मि. धवलागिरी चुचुरोबाट) |
| मुस्ताङ/जोमसोम | ५ गाउँपालिका | प्रतिनिधि सभाको १ वटा र प्रदेश सभाको २ निर्वाचन क्षेत्र,भू-उपग्रहबाट टेलिफोन सञ्चालन भएको जिल्ला,नेपालको मरुभूमि, नगरपालिका विहीन जिल्ला,ऐतिहासिक राजा जिम्मे परवल विष्टको लोमाङथाङ दरबार,चानचुनी भञ्ज्याङ, छटाङ भञ्ज्याङ, फुङफुङला भञ्ज्याङ, दामोदर कुण्ड, रुद्र कुण्ड, ब्रह्म कुण्ड, अनन्त कुण्ड, नेपालकै कम पानी पर्ने जिल्लाधुम्बा ताल रहेको जिल्लामुक्तिधारा र पाताला गङ्गाको जल कृष्णगण्डकीमा मिसिएको स्थान कागबेनी मुस्ताङकागवेनी, नरिझोवा, मुक्तिनाथ र ज्वालामाई मन्दिर, झारकोट गुफा, रानीपौवा, गौमुखी धारा |
| बागलुङ/बागलुङ | ४ नगरपालिका ६ गाउँपालिका | प्रतिनिधि सभाको २ वटा र प्रदेश सभाको ४ निर्वाचन क्षेत्र,पञ्चकोट, ढोरपाटन जस्ता पर्यटकीयस्थल रहेको,झोलुङ्गे पुलको जिल्ला, लोक्ताको जिल्ला,नेपालको नक्सासँग मिल्दोजुल्दो जिल्ला,जैमनीघाट, कालिकाभगवती, उत्तरगङ्गा धार्मिकस्थल, थन्थाप भगवतीरुद्र ताल,जल्पा ताल रहेको जिल्ला |
| नवलपुर/कावासोती | ४ नगरपालिका ४ गाउँपालिका | प्रतिनिधि सभाको २ वटा र प्रदेश सभाको ४ निर्वाचन क्षेत्र,अमलटारी होम-स्टे, गण्डकी प्रदेशको एकमात्र तराईको जिल्ला,नेपालको कान्छो जिल्ला मानिने (घोषणाको आधारमा),मौलाकालिका, दाउन्नेगढी, जटायू रेस्टुरेन्ट, शास्वतधाम (दुम्कौली),मध्यबिन्दु, लुम्बिनी चिनी कारखाना |
गण्डकी प्रदेशका महत्वपूर्ण चिनारी
- नेपालको मरुभूमी भनेर चिनिने ठाउ : मुस्ताङ
- पहाडकी रानीः बन्दीपुर
- नेपालको नैनीतालः त्रिवेणी धाम
- नेपालको चेरापुञ्जीः लुम्ले (कास्की)
- लोक्ताको जिल्लाः बागलुङ
- सबैभन्दा कम पानी पर्ने ठाउँ: मुस्ताङ
- गण्डकी प्रदेशको एकमात्र भित्री मधेसको जिल्लाः नवलपरासी (बर्दघाट पूर्व)
- सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालः (४९१९ मि.) मनाङ जिल्लामा रहेको ।
अग्लो स्थानमा रहेको मन्दिर मुक्तिनाथः ३७४९ मि. उचाईमा मुस्ताङमा रहेको।
- प्रमुख धार्मिक तथा पर्यटकीय स्थलः मनकामना, मुक्तिनाथ, गोरखकाली, विन्दवासिनी, पोखरा, गलेश्वर महादेव, बन्दिपुर, घान्द्रुक
- प्रमुख विमानस्थलः पोखरा, जोमसोम, मनाङ, पालुङटार विमानस्थल
- प्रमुख राजमार्गः सिद्धार्थ, पृथ्वी राजमार्ग
- प्रमुख जलविद्युत केन्द्रः कालिगण्डकी, राहुघाटी, मर्स्याङ्दी
- विश्वविद्यालयः पोखरा विश्वविद्यालय
गण्डकी प्रदेशको जनसंख्या २०७८ अनुसार
- कुल जनसंख्याः २४,६६,४२७
- पुरुषको संख्याः ११,७०,८३३ (४७.४७%)
- महिलाको संख्या: १२,९५,५९४ (५२.५३%)
- लैंगिक अनुपातः ९०.३७
- जनसंख्या वृद्धिदरः ०.२५%
- सबैभन्दा बढी वार्षिक जनसंख्या वृद्धिदर भएको जिल्लाः कास्की (१.९०%)
- सबैभन्दा कम वार्षिक जनसंख्या वृद्धिदर भएको जिल्लाः मनाङ (-१.३९%)
- जनघनत्वः ११५ जना प्रति वर्ग कि.मि
- परिवार संख्याः ६,६२,४८०
- प्रति परिवार औसत सदस्य संख्या: ३.७२ जना
- नगरपालिकामा बसोबास गर्ने जनसंख्याः ६५.८%
- गाउँपालिकामा बसोबास गर्ने जनसंख्या ३४.२% रहेको ।
- सबैभन्दा बढी जनसंख्या भएको जिल्लाः कास्की (६,००,०५१)
- सबैभन्दा कम जनसंख्या भएको जिल्लाः मनाङ (५६५८)
- १५-५९ वर्ष उमेर समूहको जनसंख्याः ६२.८%।
- १४ वर्ष वा सोभन्दा कम उमेर समूहको जनसंख्याः २३.९% ।
- ६० वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसंख्याः १३.३%।
- अपाङ्गताको जनसंख्याः २.९% (पुरुष ५३.४% र महिला ४६.६%) ।
- साक्षरता दरः ८१.७% (पुरुष ८८.८% र महिला ७५. ३%)।
- आर्थिक रूपले सक्रिय जनसंख्याः १३,७६,३९६ (६५.७%),
- आर्थिक रुपले निष्क्रिय जनसंख्याः ६,९३,०५३ (३३.१%) ।
- अक्सर बेरोजगारिको संख्याः ७३,३२७ (७.४०%) ।
गण्डकी प्रदेशको सबैभन्दा बढी र कम जनसंख्यागत विवरण भएका जिल्लाहरू
१) जनसंख्याः
सबैभन्दा बढी जनसंख्या भएको जिल्लाः कास्की (६,००,०५१)
सबैभन्दा सबैभन्दा कम जनसंख्या भएको जिल्लाः मनाङ (५६५८)
२) परिवार संख्याः
सबैभन्दा बढी जम्मा परिवार संख्या भएको जिल्लाः कास्की (१,६०,६५१)
सबैभन्दा कम जम्मा परिवार संख्या भएको जिल्लाः मनाङ (१५७२)
३) परिवारको औसत आकारः
सबैभन्दा बढी परिवारको औसत आकार भएको जिल्लाः नवलपरासी सु.पू. (४.०३)
सबैभन्दा कम परिवारको औसत आकार भएको जिल्लाः गोरखा (३.४९
४) लैंगिक अनुपातः
सबैभन्दा बढी लैंगिक अनुपान भएको जिल्लाः मनाङ (१२९.४४)
कम लैंगिक अनुपात भएको जिल्लाः स्याङ्जा (८५.५७)
५) जनघनत्वः
सबैभन्दा बढी जनघनत्व भएको जिल्लाः कास्की (२९७ जना प्रति वर्ग कि.मि.)
सबैभन्दा कम जनघनत्व भएको जिल्लाः मनाङ (३ जना प्रति वर्ग कि.मि.)
६ ) जनसंख्या वृद्धिदर
बढी जनसंख्या वृद्धिदर भएको नगरपालिकाः कावासोती नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) (३.१%)
कम जनसंख्या वृद्धिदर भएको नगरपालिकाः जैमिनी नगरपालिका, बागलुङ (-२.५३%)
बढी जनसंख्या वृद्धिदर भएको गाउँपालिकाः विनयी त्रिवेणी गाउँपालिका (नवलपुर) (१.४६%)
कम जनसंख्या वृद्धिदर भएको गाउँपालिकाः ऋषिङ गाउँपालिका, तनहुँ (-३.५२%)
७ ) साक्षरता दरः
बढी साक्षरता दर भएको नगरपालिकाः शुक्लागण्डकी नगरपालिका, तनहुँ (८६.७७%)
कम साक्षरता दर भएको नगरपालिकाः पालुङटार नगरपालिका, गोरखा (७५.४१%)
बढी साक्षरता दर भएको गाउँपालिकाः चामे गाउँपालिका (मनाङ) (८६.२८%)
कम साक्षरता दर भएको गाउँपालिकाः चुमनुव्री गाउँपालिका, गोरखा (३९.१६%)
८ ) परिवार संख्याः
बढी परिवार संख्या भएको नगरपालिकाः व्यास नगरपालिका, तनहुँ (२२,५८५)
कम परिवार संख्या भएको नगरपालिकाः राईनास नगरपालिका, लमजुङ (४,९६१)
बढी परिवार संख्या भएको गाउँपालिकाः विनयी त्रिवेणी गाउँपालिका, नवलपुर (९,०७६)
कम परिवार संख्या भएको गाउँपालिकाः नार्पा भूमि गाउँपालिका, मनाङ (१२६)
९ ) औसत परिवार (प्रति) सदस्य संख्याः
बढी औसत परिवार (प्रति) सदस्य संख्या भएको नगरपालिकाः ढोरपाटन, बागलुङ (४.०२)
कम औसत प्रति परिवार सदस्य संख्या भएको नगरपालिकाः पालुङटार, गोरखा (३.३८)
बढी औसत प्रति परिवार सदस्य संख्या भएको गाउँपालिकाः ताराखोला, बागलुङ (४.३३)
कम औसत प्रति परिवार सदस्य संख्या भएको गाउँपालिकाः वारागुङ मुक्तिक्षेत्र, मुस्ताङ (२.८२)
गण्डकी प्रदेश आर्थिक सर्वेक्षण २०८० /०८१
- आर्थिक वृद्धिदरः ५.५१ %
- उपभोक्ता मुद्रास्फीतिः २.७७ %
- नेपालको कुल ग्राहस्थ उत्पादनमा यस प्रदेशको योगदानः ९.० %
- प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनमा : १६२० $
- कुल ग्राहस्थ उत्पादनमा खर्च : ४.२९%
- गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदानः २७.१ %
- गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान : १६.५ %
- गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ५५ .८ %
- विद्युतको पहुँच : ९९.८० %
- आधारभुत खानेपानीमा पहुँचः ९५%
- शिक्षा क्षेत्रको योगदानः ७.९ %
- वन जंगल ३३.७९%
- कृषियोग्य जमिन १४.१%
- नाङ्गो भुमि १७.७%
- हिम क्षेत्र १६.७%
- सिचाई योग्य जमिन २५.३५ %
गण्डकी प्रदेशका धर्म र धर्मालम्वीहरु
१) हिन्दुः ८२.२% (सबैभन्दा बढी)
२) वौद्धः ११.५%
३ ) क्रिश्चियनः २.४%
४ ) बोन: २.२%
५) ईस्लाम : ०.९%
६) प्रकृतिः ०.७%
७) किरातः ०.१%
८) सबैभन्दा कम बहाई धर्म २५ जनाले मान्ने गर्दछन् ।
गण्डकी प्रदेशका मुख्यजाती र जनसंख्या
यस प्रदेशमा जम्मा १०७ जातजातिले बसोवास गर्दछन् ।
सबैभन्दा धेरै जनसंख्या भएका जातीहरुः
- पहाडी ब्राह्मणः २०%
- मगर : १८.८ %
- क्षेत्री : १३.१ %
- गुरुङ : ११%
- विश्वकर्मा : ९.३ %
सबै भन्दा कम जाति
- हायु : १० जना
- नाचीरिङ : ११ जना
- कुशवाडिया : १२ जना
- थुलुङ :१६ जना
- चाम्लिङ : १६ जना
गण्डकी प्रदेशको प्रमुख शिखरहरु /हिमालहरु
| हिमशिखर | उचाई (मि.) | हिमश्रृंखला | जिल्ला |
| धवलागिरी | ८,१६७ | धवलागिरी | म्यादी /मुस्ताङ |
| मनास्लु | ८,१६३ | गणेश | गोरखा |
| अन्नपूर्ण | ८,०९१ | अन्नपूर्ण | कास्की |
| माछापुच्छ्रे | ६,९९३ | अन्नपूर्ण | कास्की |
गण्डकी प्रदेशको प्रमुख तालहरु
| क्र.स | जिल्ला | तालहरु /गुफा र धार्मिक स्थल/संरक्षित क्षेत्र |
| १. | कास्की | फेवा ताल, बेगनास ताल,रुपा ताल ,दिपा ताल ,मैदी ताल ,खास्टे ताल, बढुवा ताल , स्यार्खु ताल, शान्ति कुण्ड,पंच्चासे ताल, महेन्द्र गुफा ,तालबाराही मन्दिर |
| २. | गोरखा | रुन्चे ताल ,कल्छुमन ताल,बिरेन्द्र ताल, मनकामना ,गोरखनाथ मन्दिर |
| ४. | मनाङ | तिलोचो ताल,पुगेन ताल ,केचो ताल,केजिन सारा ताल |
| ५. | म्याग्दी | भाले बास्ने ताल, पंच्कोशील ताल, तातो पानि कुन्ड, |
| ६. | मुस्ताङ | दामोदार कुण्ड,धुम्बा ताल, रुद्र कुण्ड,ब्रहा कुण्ड, |
| ७. | लमजुङ | देउपोखरी ,इन्द्र पोखरी,दुध पोखरी,ब्रहापोखरी , |
| ८ | तनहु | व्यास गुफा,विमल गुफा,भालुभिम गुफा,थानिदेवी मन्दिर |
गण्डकी प्रदेश सम्बन्धि video हेर्न click गर्नुहोस
गण्डकी नदि
- पूर्वमा लाङटाङ देखि पश्चिममा धौलागिरी हिमालसम्मको भू-भाग रहेको क्षेत्र
- गण्डकी नदीको कुल लम्बाई ३३८ कि.मि
- बहाब क्षमता १,७१३ घनमिटर प्रति सेकेन्ड छ भने, २१,००० मेगावाट विधुत निकाल्न सकिन्छ
- गण्डकी नदीको साहेक नदि पूर्वदेखि पश्चिम क्रमश : त्रिशुली,बुढी गण्डकी,दरौदी,मर्स्यंदी ,मादी ,सेती गण्डकी र काली गण्डकी
- सालिग्राम पाइने एक मात्र नदि कालिगण्डकी नदि हो
आर्थिक वर्ष २०८२/८३ को गण्डकी प्रदेशको बजेट
- कुल बजेट : रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार
- चालु तर्फ : रु १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार (३९.५ %)
- पुँजीगत : रु १९ अर्ब ९ करोड ३३ लाख २४ हजार (५९.७ %)
- वित्तीय व्यवस्था तर्फ : २५ करोड (०.८%)
गण्डकी प्रदेश लोकसेवा आयोग
- नेपालको संविधानको धारा २४४ मा प्रत्येक प्रदेशमा लोकसेवा आयोगको गठन भएको हुदा बि.स २०७७ चैत ११ गते गण्डकी प्रदेश लोकसेवा आयोगको स्थापना भएको हो
- हालका गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल रहेका छन
गण्डकी प्रदेश दोर्सो पन्चवर्षीय योजना (२०८१/८२-२०८५/८६)
- योजनाले राखेको सोच : आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी
- योजनाले लिएको लक्ष्य : आत्मा निर्भरता ,सामाजिक न्याय र समुन्नती हासिल गर्ने
- रणनीति – ८ वटा
- उदेश्य : ३ वटा
१.गुणस्तरीय पूर्वाधार र उत्पादन ,रोजगारी तथा आय वृद्धीगर्नु
२. मानब पुँजी निर्माण ,विकासका लाभको सामाजिक न्याय स्थापित गर्नु
३. गुन्स्तरिय सार्वजनिक सेवा प्रवाह र सुशासन अभिवृद्धि गर्नु
- प्रादेशिक विकाश तथा रुपान्तरणक प्रमुख क्षेत्र – १४ वटा



