नेपालका राष्ट्रिय निकुन्जहरु

नेपालका राष्ट्रिय निकुन्जहरु : सुची ,क्षेत्रफल ,स्थापना बर्ष र विशेषताहरु

नेपालका राष्ट्रिय निकुन्जहरु जैविक विविधता संरक्षण का धेरै नै मतत्वपूर्ण संरक्षित क्षेत्रहरु हुन् नेपाल सरकारले वन्यजन्तु,वनस्पति र प्राकृतिक सम्पदाको संरक्षण गर्ने उदेश्यले राष्ट्रिय निकुन्जको स्थापना गरेको छ। हाल नेपालमा गण्डकी प्रदेश लगायत हिमाल ,पहाडी र तराई क्षेत्र समेट्ने गरि १३ वटा रास्ट्रिय निकुन्जहरु रहेका छन जसले नेपालको पर्यटन,वातावरण सन्तुलन र जैविक विविधतालाई बचाई राखेको छ ।

नेपालका राष्ट्रिय निकुञ्जहरूको सुची।

१ . चितवन राष्ट्रिय निकुञ्ज

 २ . रारा राष्ट्रिय निकुञ्ज 

३ . बर्दिया राष्ट्रिय निकुञ्ज 

४ . सगरमाथा राष्ट्रिय निकुञ्ज 

५. लाङटाङ राष्ट्रिय निकुञ्ज 

६ . शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज 

७ . खप्तड राष्ट्रिय निकुञ्ज 

८ . मकालु बरुण राष्ट्रिय निकुञ्ज 

९. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज 

१० . बाँके राष्ट्रिय निकुञ्ज 

११ . शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज 

१२ . पर्सा राष्ट्रिय निकुञ्ज 

१३ . छायाँनाथ राष्ट्रिय निकुञ्ज

नेपालका १३ वटा राष्ट्रिय निकुञ्जको बिस्तृत जानकारी

1. सगरमाथा राष्ट्रिय निकुञ्ज:

नेपालको सबै भन्दा अग्लो स्थानमा रहेको राष्ट्रिय निकुन्ज सगरमाथा राष्ट्रिय निकुन्ज हो

स्थापना : बि:स २०३२ सालमा ( १९७६)

– क्षेत्रफल: ११४८ वर्ग किलोमिटर

अबस्थित जिल्ला : सोलुखुम्बु जिल्ला

– विशेषता: यस निकुञ्जमा विश्वकै अग्लो हिमशिखर सगरमाथा रहेको छ। यहाँ हिमाली भालु, हिम चितुवा, डाँफे,टुंगा, टेमु,झारल  लगायत हिमाली वन्यजन्तु पाइन्छन्।

सन् १९७९ देखि यस छेत्र लाइ विस्वो सम्पदा सुचिमा राखिएको छ ।

2. लाङटाङ राष्ट्रिय निकुञ्ज:

स्थापना : बि.स २०३२ साल (सन् १९७६)

– क्षेत्रफल: १७१० वर्ग किलोमिटर

-अबस्थित जिल्ला : रसुवा, सिन्धुपाल्चोक र नुवाकोट

– विशेषता: हाब्रे, पहरे बाँदर, लंगुर ,सालक् जस्ता जनवार पाईन्छ। लोकप्रिय ट्रेकिङ मार्ग पनि यसमा पर्दछ।

3. मकालु बरुण राष्ट्रिय निकुञ्ज:

स्थापना : बि.स २०४८ साल मङ्सिर ०२ गते ( सन् १९९१ )

– क्षेत्रफल: १५०० वर्ग किलोमिटर

-अबस्थित जिल्ला : सङ्खुवासभा र सोलुखुम्बु

– विशेषता: हाब्रे,कस्तुरी मृग , हिमाली कालो भालु आदि जनावर रहेको छ।

4. रारा राष्ट्रिय निकुञ्ज:

स्थापना : वि.स २०३२ साल (सन् १९७६)

– क्षेत्रफल: १०६ वर्ग किलोमिटर

स्थापना : वि.स २०४२ साल ( सन् १९८४ )

– अबस्थित जिल्ला : मुगु र जुम्ला

– विशेषता: यो निकुञ्ज हिमाली वन्यजन्तु, कालो भालु,मोनाल ,चिर , रतुवा ,कस्तुरी मिर्ग,हाब्रे , डाँफे ,मुनाल ,चराचुरुङ्गी र जैविक विविधताको केन्द्र हो।

5. शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज:

स्थापना बि.स २०४२ सालमा

– क्षेत्रफल: २,६४९  वर्ग किलोमिटर

– स्थान: डोल्पा र मुगु जिल्ला

– विशेषता: सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज, जहाँ हिमाली वन्यजन्तु, हिउँ चितुवा, हिमाली खरायो लगायत पाइन्छ। उच्च हिमाली पारिस्थितिकी क्षेत्र हो।

6. खप्तड राष्ट्रिय निकुञ्ज:

स्थापना वि.स २०४२ सालमा (सन् १९८४)

– क्षेत्रफल: २२५ वर्ग किलोमिटर

-अबस्थित जिल्ला : बझाङ, बाजुरा, डोटी, अछाम

– विशेषता: चरी बाघ ,रतुवा, मृग ,कस्तुरी मृग ,घोरल, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर ,डाँफे, मुनाल जस्ता जीवजन्तु पाइन्छ । धार्मिक र सांस्कृतिक महत्व पनि बोकेको छ ।

7. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज:

स्थापना : वि.स २०५८ साल (सन् २००२)

– क्षेत्रफल: १५९ वर्ग किलोमिटर

– स्थान: काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक

– विशेषता: ध्वासे चितुवा,पहरे बाँदर ,लंगुर ,सालक जस्ता जीवजन्तु पाईन्छ।

8. चितवन राष्ट्रिय निकुञ्ज:

नेपालका राष्ट्रिय निकुन्जहरु मध्ये चितवन राष्ट्रिय निकुन्ज सबै भन्दा पहिले स्थापना भएको हो चितवन राष्ट्रिय निकुन्ज नेपालको सबै भन्दा बढी पर्यटन आउने निकुन्ज हो ।

स्थापना : बि.स २०३० ( सन् १९७३)

– क्षेत्रफल: ९५२.६३  वर्ग किलोमिटर

अबस्थित जिल्ला : चितवन, नवलपरासी, मकवानपुर, पर्सा

– विशेषता: गौरी गाई,अजिंगर ,घडियाल गोही, एकसिंगे गैंडा, पाटे बाघ, हात्ती लगायत प्रजाति पाउछ ।

सन् १९८४ मा यसलाई बिस्व सम्पदा सुचिमा समावेश गरियो ।

9. बर्दिया राष्ट्रिय निकुञ्ज:

स्थापना : बि.स  २०३२ (सन् १९७६)

– क्षेत्रफल: ९६८ वर्ग किलोमिटर

– स्थान: बर्दिया जिल्ला

– विशेषता: तराई क्षेत्रको ठूलो राष्ट्रिय निकुञ्ज, बार्ह सिँगा,जरायो ,बाघ र अन्य संकटग्रस्त प्रजातिहरूको संरक्षण केन्द्र।

10. बाँके राष्ट्रिय निकुञ्ज:                                                             

स्थापना : बि.स २०६७ साल ( सन् २०१०)

– क्षेत्रफल: ५५० वर्ग किलोमिटर

– स्थान: बाँके, सल्यान,बर्दिया, दाङ

– विशेषता: तराई-चुरे क्षेत्रको राष्ट्रिय निकुञ्ज, बाघ जंगली हात्ती, कालो गरुड जस्ता जनावर पाइन्छ ।

11. शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज:

स्थापना : वि.स २०७३ सालमा

– क्षेत्रफल: ३०५ वर्ग किलोमिटर

– अबस्थित जिल्ला : कञ्चनपुर जिल्ला

– विशेषता: हात्ती, पाटे बाघ, कालो भालु लगायतका जंगली जनावरहरूको संरक्षण क्षेत्र।

12. पर्सा राष्ट्रिय निकुञ्ज:

– क्षेत्रफल: ६३७.३७ वर्ग किलोमिटर

– स्थान: पर्सा, चितवन, मकवानपुर

– विशेषता: जंगली हात्ती,नौसिंगा ,बाघ,भालु,घोडगदाह,चितुवा,जरायो,बँदेल ।

13. छायाँनाथ राष्ट्रिय निकुञ्ज:

स्थापना : बि.स २०८२ भदौ १३ गते (सन् २०२५)

– क्षेत्रफल: ८४३  वर्ग किलोमिटर

– स्थान: मुगु जिल्ला, (मुगुम कार्मारोङ गाउँपालिका)

– विशेषता: से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको भूभाग छुट्टाएर बनाइएको नयाँ राष्ट्रिय निकुञ्ज। हिउँ चितुवा, तिब्बती खरायो, नाउर, नीलो भेडा, कस्तुरी मृग, जंगली याक, तिब्बती गधा र चिरु जस्ता वन्यजन्तु पाइन्छन्। साथै डाँफे, मुनाल र कालिज जस्ता दुर्लभ पक्षीहरूको बासस्थान यो क्षेत्रमा छ।

– यो निकुञ्ज मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका भित्र पर्दछ र से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मुगु भागबाट छुट्टाएर नयाँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापना गरिएको हो।

– निकुञ्जको स्थापना स्थानीय समुदायको सेवा प्रवाह सजिलो बनाउने र चोरी-सिकार नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको हो।

– यसमा प्रसिद्ध छायाँनाथ धाम रहेको छ, जुन धार्मिक दृष्टिले महत्वपूर्ण छ र हिन्दु-बौद्ध धर्मको आस्थाको केन्द्र मानिन्छ। छायाँनाथ धामलाई विश्वका पाँचवटा ठूला धार्मिक धाममध्ये एक मानिन्छ।

– छायाँनाथ निकुञ्जले पर्यटकीय सम्भावना पनि बोकेको छ र यसले प्राकृतिक, धार्मिक, र सांस्कृतिक पर्यटनलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

यो राष्ट्रिय निकुञ्ज नेपालमा हाल स्थापित १३ औं राष्ट्रिय निकुञ्ज हो र यसको स्थापना मुगुको स्थानीय विकास र जैविक संरक्षणमा महत्वपूर्ण योगदान गर्नेछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *